इन्डोनेसियामा ज्वालामुखी विस्फोट, खरानी फैलिएपछि बाली जाने-आउने धेरै उडान रद्द
इन्डोनेसियाको हलिडे आइल्यान्डनजिकै भएको ज्वालामुखी विस्फोटले वरपरका क्षेत्रमा खतरनाक खरानीको बादल मडारिएको छ। जसका कारण धेरै एयरलाइन्सले अस्ट्रेलिया र इन्डोनेसियाको बाली बीचको उडान रद्द गरेका छन्।
क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बुधबार लुटौबी लाकीलाकी हिमालको खरानी उडानका लागि सुरक्षित नभएको बताएको छ।
जेटस्टारले अस्ट्रेलियाको समयअनुसार दिउँसो १२ बजेसम्म बाली जाने र आउने सबै उडान रद्द गरेको जनाएको छ।
भर्जिन अस्ट्रेलियाले बुधबार बाली जाने र आउने सबै उडान रद्द गर्ने जनाएको छ। यो ज्वालामुखी विस्फोटका कारण आकाशमा ९ किलोमिटर उचाइमा खरानी फैलिएको छ। अघिल्लो साता भएको ठूलो विस्फोटमा १० जनाको मृत्यु भएको थियो।
अस्ट्रेलियाको मौसम विभागले पनि ज्वालामुखीको खरानी देशको उत्तरी क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएको छ।
प्रतिक्रिया