लागूऔषधसहित मेडिकल संचालक पक्राउ
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ६ नगरपालिका चोक रहेको राज मेडिकलमा लागू औषध बिक्री वितरण गर्ने एकजना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा प्रहरी वृत ठिमी भक्तपुरबाट खटिइएको प्रहरी टोलीले कानूनबमोजिम उक्त मेडिकलमा चेकजाँच गर्दा लागू औषध फेला पारेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
बरामदपछि ती लागूऔषधका साथै मेडिकल संचालक रौतहट देवाही गोनाही नगरपालिका वडा नं ३ घर भई हाल पुरानो ठिमी बस्ने वर्ष ३६ को राजनारायण साहलाई समेत नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत ढुण्डीराज नेउपानेले जनाए। उनलाई प्रहरी वृत ठिमी भक्तपुरबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया