१.२ मिलियन सुडानीहरू इजिप्टमा शरण खोजिरहेको तथ्यांक सार्वजनिक
काठमाडौँ, २६ कात्तिक : सुडानमा जारी द्वन्द्वबाट भागेका सुडानी शरणार्थीहरूको लागि इजिप्ट सबैभन्दा ठूलो गन्तव्यस्थल बनेको छ ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) ले अप्रिल २०२३ देखि १.२ मिलियन सुडानीहरू इजिप्टमा शरण खोजिरहेको तथ्यांक सार्वजनिक गरेको हो ।१.२ मिलियन भन्दा बढी सुडानीहरूले मध्य अप्रिल २०२३ मा युद्ध शुरु भएदेखि इजिप्टमा अन्तर्राष्ट्रिय सुरक्षा खोज्दैछन् ।
सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको चलिरहेको द्वन्द्वले छिमेकी देशहरू र बाहिरका देशहरूमा शरण खोज्ने तीस लाख व्यक्तिहरूलाई विस्थापित गरेको छ । सुडानी मानवीय संकटको परिमाणले इजिप्टको स्रोत र पूर्वाधारमा ठूलो दबाब दिएको छ ।
प्रतिक्रिया