सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने
सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
डेडिकेटेड र ट्रंकलाइन विवादमा पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको प्रतिवेदन सार्वजनिक गर्ने सरकारले निर्णय गरेको हो ।बैठकले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै भोलि (सोमबार) १२ बजेभित्र उद्योगीका काटिएका लाइन जडान गर्न पनि मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिने सरकारले निर्णय गरेको छ । साथै १५ दिनभित्र बक्यौता टीओडी मिटर बमोजिम असुल गर्ने निर्णय समेत गरिएको छ ।
प्रतिक्रिया