इङ्ल्यान्डमाथि नेपालको ६ विकेटको जित

 हङकङ सिक्सेजमा नेपालले इंग्ल्याण्डलाई पराजित गरेको छ ।

मोङ कोकमा शुक्रबार भएको खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो 

९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । नेपालका लागि कप्तान सन्दीप जोराले अर्धशतक पूरा गरे ।

सन्दीपले १७ बलमा ५ चौका र ८ छक्का प्रहार गर्दै अविजित ७१ रन बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दैै अविजित २० रन बनाए ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ५.५ ओभरमा अलआउट अलआउट हुँदा ९७ रन बनाएको हो ।

इंग्ल्याण्डका लागि कप्तान रवि बापोराले ४९ र समित पटेलले भने ३९ रन बनाए ।

नेपालका लागि प्रतिश जिसी र विवेक यादवले २-२ तथा नारायण जोशी र लोकेश बम १-१ विकेट लिए ।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो । अब नेपालले आफ्नो दोस्रो खेल अष्ट्रेलियाविरुद्ध कात्तिक १७ गते खेल्ने छ ।