सलमान खानलाई दुबईमा हेर्नको लागि फुयानको ठूलो भीड

बलिउड अभिनेता सलमान खान हाल दुबईमा छन् । उनलाई दुबईमा हेर्नको लागि फुयानको ठूलो भीड लागेको छ ।

अभिनेता खानलाई हेर्न आउने भीडलाई नियन्त्रण गर्नको लागि समस्या नै भएको छ । उनलाई हेर्न आउने भीडबाट पनि उनी कतिको लोकप्रिय अभिनेता हुन् भन्नेबारे स्पष्ट भएको छ ।उनलाई भेट्न वा हेर्नका लागि फ्यानहरु निकै उत्साहित बनेका छन् । सो भीडका बीचबाट अभिनेता सलमान खानलाई उनको बडीगार्डले निकै सकसपूर्ण रुपमा निकाल्न सफल भएका थिए ।