१० हजार बढी फलोअर भएको पत्रकार किशोर नेपालको फेसबुक अकाउन्ट ह्याक

वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालको १० हजार बढी फलोअर भएको फेसबुक अकाउन्ट पुन: एक पटक ह्याक भएको छ ।  नेपालले यसबारे सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै जानकारी दिएका छन् । यसबाहेक उनका साथीहरूले समेत सामाजिक सञ्जालमा उनको फेसबुक अकाउन्ट ह्याक भएको र सो अकाउन्टबाट जथाभावी मेसेज आइरहेको लेखेका छन् ।

त्यस्तै उक्त अकाउन्ट ह्याक भएपछि उनले नयाँ फेसबुक अकाउन्ट खोलेका छन् । जहाँ उनले अकाउन्ट ह्याक भएकोबारे फेसबुकको मातृ कम्पनी मेटालाई जानकारी गराइसकेको जनाएका छन् । तर यसपटक भने साइबर ब्युरोकहाँ उजुरी नहाल्ने उनले लेखेका छन् । अघिल्लो पटक पनि त्यसैगरी उजुरी गर्दा कुनै परिणाम नआएको उनले जनाएका छन् । 

उक्त अकाउन्टमा नेपालले आफ्नो कामबारे पोस्ट गर्दै आएका थिए । यसअघि पनि उनको सामाजिक सञ्जाल अकाउन्ट ह्याक भएको थियो ।