घिरौँलाका खानुका फाइदा

हाल प्राय सबैको कौसी, छत, रेलिङ, बारी, करेसाबारी तथा जताततै देखा पर्ने तरकारी हो घिरौँला। 

छतबाट यसो सहर बजार नियाल्ने हो भने प्राय हरेक घरको माथि हरियाली देखिन्छ र सो हरियाली अरू केही नभई घिरौँलाको झाल हो। 

जताततै फलेर हो या सस्तो भएर हो यसको लोकप्रियता जति हुनु पर्ने हो त्यति छैन। अझ भन्नु पर्दा त प्राय मानिसहरूले घिरौँला मन नपराउने गरेको पाइएको छ। 

यस्ता छन् घिरौँलाका फाइदा

– शरीरमा रहेका विशाक्त वस्तुहरूलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ।
–  रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ।

–  जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ।

–  चिल्लो पदार्थ तथा कोलेस्ट्रोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ।

–  पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन।

–  यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ।

–  यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।

–  यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता सङ्क्रमण हुनबाट बचाउँछ।

–  यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ।