केजरीवालले राजीनामा दिएपछि दिल्लीमा नयाँ मुख्यमन्त्री आतिशीको शपथग्रहण आज

काठमाडाैँ ,५ असोज:  अरविन्द केजरीवालले राजीनामा दिएपछि दिल्लीको नयाँ मुख्यमन्त्रीका रुपमा आतिशीले मुख्यमन्त्रीको रुफमा सपथ लिँदैछिन् ।

सपथ ग्रहण कार्यक्रम राजनिवासमा हुनेछ । कार्यक्रमको तयारी पूरा भएको जनाइएको छ । राजनिवास स्रोतका अनुसार आतिशीले अपरान्ह ४ : ३० देखि ५ बजेसम्म मुख्यमन्त्रीको सपथ लिनेछन् ।

मन्त्रीहरुको सपथग्रहणको फाइल राष्ट्रपतिको स्वीकृतिका लागि पठाइएको आधिकारिक स्रोतले जनाएको छ । शुक्रबार साँझसम्म यसबारे कुनै जानकारी आएको छैन । तर यो फाइल शनिबार बिहान राष्ट्रपति भवनबाट राजनिवाससम्म पुग्ने सम्भावना रहेको छ । अधिकारीहरूबाट प्राप्त जानकारीका अनुसार मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामा र आतिशीको नेतृत्वमा नयाँ सरकार गठन राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ। 

सञ्चार माध्यमहरूका अनुसार मुख्यमन्त्री केजरीवाल फेरिएपनि मन्त्रीहरू भने पुरानैलाई दोहोल्याउने तयारी छ । आतिशीको मन्त्रिपरिषद्‌मा केजरीवाल सरकारका चारै मन्त्रीहरूलाई फेरि मन्त्री पद दिइँदैछ। यससँगै अनुसूचित जातिको लागि आरक्षित सिटमा प्रतिनिधित्व गर्ने मुकेश अहलावत नयाँ अनुहार हुनेछन्। मन्त्रिपरिषद्मा अझै एउटा पद रिक्त छ । यसका लागि पार्टीभित्र विचारविमर्श भइरहेको छ ।