नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु : नवाजुद्दिन सिद्दिकी

बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् ।

निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले सञ्जय सिलवाल गुप्ताको पोडकाष्टमा आफूले नेपाली फिल्ममा काम गर्ने बताएका हुन् ।नवाजले नेपाली फिल्ममा केही न केही काम गर्ने बताउँदै खासगरी मीनसँग सहकार्यको इच्छा व्यक्त गरे ।

‘म अभिनयको सवालमा केही गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट फिल्म बनेको छ’, उनले भने, ‘यस्तो फिल्म बनाउन ठूलो सहास चाहिन्छ । फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट छ । फिल्मको सिनेमेटोग्राफी पनि उत्कृष्ट छ ।’

अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफूले न्यानो आतिथ्य पाएको बताउँदै नेपालीहरूले निकै राम्रो व्यबहार गरेको अनुभव सुनाएका छन् ।