टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गर्ने फिल्म ‘लाज शरणम्’को छायाङ्कन डोल्पाबाट सुरु
टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’को छायाङ्कन सुरु भएको छ । पहिलो चरणको छायाङ्कन शनिबार डोल्पामा सुरु गरिएको हो ।
कलाकार विजय बराल र अर्जुन घिमिरे ‘पाँडे’ले मुहूर्त सर्ट दिएका हुन् । फिल्मका मुख्य कलाकार हरिस निरौला ‘क्रकोच’का अनुसार डोल्पाको छायाङ्कन तालिका २० दिनको रहेको छ ।दोस्रो चरणको छायाङ्कन काठमाडौं र अन्य केही जिल्लामा हुने हरिसको भनाइ छ । जम्मा ५० दिनमा छायाङ्कन सक्ने निर्माण पक्षको योजना छ ।
फिल्ममा विजय, पाँडे, सागर लम्साल ‘बले’, कमलमणि नेपाल, माला लिम्बू, वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ र अर्पण थापा मुख्य भूमिकामा छन् ।सक्किगोनिका पूर्वकालकार प्रियना आचार्य ‘मुन्नी’ यसै फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दै छन् ।
जेपीटी क्रिएसनको प्रस्तुती रहने यस फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ हुन् । फिल्मका निर्माता नवीन श्रेष्ठ र सह-निर्माता रामनरेश शाह हुन् ।फिल्मको प्रदर्शन मिति फागुन १४ गतेलाई तोकिएको छ ।
प्रतिक्रिया