नेताहरूकाे अभिनय भएकाले फिल्म ‘नमेटिएको घाउ’ बहिष्कारमा परियो : नायक रमित ढुङ्गाना
नायक रमित ढुङ्गानाले फिल्म ‘नमेटिएको घाउ’ बक्स अफिसमा असफल हुनुको आरोप त्यसमा अभिनय गर्ने नेताहरूलाई लगाएका छन् ।
रमितको डेब्यू निर्देशन रहेको उक्त फिल्ममा हालका प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाही लगायतको अभिनय रहेको छ ।
नेतालाई अभिनय गराएको कारण दर्शकले फिल्म बहिष्कार गरेको उनको बुझाइ छ । उनले भने, ‘नेताहरू भएकै कारण मेरा आफन्तले पनि फिल्म बहिष्कार गर्नुभएको छ ।’
राजनीतिक दलका सदस्यले आफ्नो मात्र नेतालाई अभिनय नगराएको कारण फिल्म बहिष्कार गरेको उनले दाबी गरेका छन् । उनी लेख्छन्, ‘दर्शकबाट बहिष्कारका कारण…त्यो नेतालाई किन चलचित्रमा राखेको ? हाम्रो मात्र नेता राखेको भए हुन्थ्यो । त्यसैले हामी नहेर्ने सरी रमित !’
एसिड आक्रमण पीडितहरूको आग्रहमा आफूले राजनीतिक व्यक्तित्वहरूलाई फिल्ममा राख्दा बहिष्कारमा पर्नु असामान्य घटना रहेको उनको बुझाइ छ ।
प्रतिक्रिया