भारतीय अभिनेता रवि तेजा फिल्मको सुटिङका ​​क्रममा सेटमा घाइते

 चर्चित भारतीय अभिनेता रवि तेजा हालै आगामी फिल्म #RT75 को सुटिङका ​​क्रममा सेटमा घाइते भएका छन् ।

चोट गहिरो भएकाले गत बिहीबार दाहिने हातको मांसपेशीको शल्यक्रिया गर्नुपरेको थियो । चिकित्सकले उनलाई ६ साता ओछ्यानमा आराम गर्न सल्लाह दिएका छन् ।

रविले एक्समा ट्विट गर्दै लेखेका छन्– मलाई शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । अहिले मलाई राम्रो महसुस भइरहेको छ। तपाईं सबैको आशीर्वाद र समर्थनको लागि धन्यवाद। म पनि छिट्टै सेटमा फर्किन उत्साहित छु ।

मिडिया रिपोर्टका अनुसार फिल्मको सुटिङका ​​क्रममा अभिनेताको दाहिने हातको मांसपेशीमा चोट लागेको थियो । तर, उनले यसतर्फ ध्यान दिएनन् र सुटिङ जारी राखे । उनको अवस्था बिग्रियो र शल्यक्रिया गर्नुपर्‍यो। फ्यानहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

रवि तेजा अन्तिम पटक अजय देवगन स्टारर राइडको तेलुगु रिमेक मिस्टर बच्चन फिल्ममा देखिएका थिए। यससँगै आगामी दिनमा अभिनेता भानु बोगवरुपु निर्देशित फिल्ममा देखिनेछन् ।