बहुप्रतिक्षित फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो बसेर नाचिस्यो’ सार्वजनिक
बहुप्रतिक्षित फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो बसेर नाचिस्यो’ बोलको गीत सार्वजनिक भएको छ ।
नागपञ्चमीको अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा दुर्गेश थापाको शब्द तथा संगीत छ । उक्त गितमा स्वर गायीका सदिक्षा कट्टेल र दुर्गेश थापा स्वयंमको रहेको छ । अडियोमा गायिका सदिक्षा कट्टेल केन्द्रमा छिन् । सार्वजनिक ‘बसेर नाचिस्यो, उठेर नाचिस्यो’ बोलको डान्सिङ नम्बरमा निर्मात्री अभिनेत्री नीता ढुङ्गाना केन्द्रमा छिन् । नीतासँगै अभिनेता हरिहर अधिकारी पनि फिचर्ड छन् ।
गीतको भिडियोलाई उत्कृष्ट सेटमा छायांकन गरिएको छ । गीतको सेटअप भव्य छ । वलिउड कोरियोग्राफर सुष्मा सोनमले नृत्य निर्देशन गरेको गीत ‘हाइ मेकिङ’मा तयार पारिएको भान भिडियोले दिन्छ । वलिउड स्टार रणविर सिंहदेखि वरुण धवन र साउथ स्टार यसलाई निर्देशन गरिसकेकी सुष्माले भिडियोमा नीतालाई आकर्षक रूपमा चित्रण गरेकी छन् । वलिउड छायांकार कबिरलालले खिचेको उक्त गीतमा सम्पादन मित्र डि गुरुङको छ ।
नेपाली तथा भारतीय फिल्मका कलाकारहरूको फ्यूजनले निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ अब प्रदर्शनको लागि तयार छ । संविधान दिवसको अबसर पारेर आगामी असोज ३ गतेबाट दर्शकमाझ आउन लागेको फिल्मको निर्माण कम्पनि नीता फिल्मस् अब प्रचार प्रसारमा जुटेको छ ।
यो फिल्ममा नीता र हरिहरसँगै चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झा, नरेन खड्का, आदर्श मिश्र लगायत नाम चलेका दर्जन बढी कलाकारहरू अभिनयमा छन् ।
प्रतिक्रिया