निगमको वाइडबडी विमानले सी–चेक पायो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/636639732688102732_Oi7kkIKCmC_2bv2ivmwphn05spa0qs0llk4rwkzjnwp1kvnpsrkrqin4tpce4w1l9p5q6ri_l52futwWKT_8t7xlb8tbtyzjlqo2vvbn2ckjuewysi8ngsswwadtck4chkyexuosuwjg1tj.jpg)
काठमाडौँ, १४ असार : नेपाल वायुसेवा निगमको वाइडबडी विमानको सम्पूर्ण मर्मत (सी–चेक) प्राप्त भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको पहलपछि निगमको वाइडबडी विमानले सी–चेक पाएको हो ।
पर्यटनमन्त्री तामाङले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक र निगमका कार्यकारी अध्यक्षसँग चरणबद्ध छलफल गरी निर्देशन दिएपछि कल साइन नाइन एनएनवाई विमानले सी–चेक पाएको हो । क्यानले बिनाअनुमति दुबई हुँदै इटाली जहाज लगेको भन्दै सी–चेकको अनुमति दिएको थिएन । मन्त्री तामाङले क्यानको नेतृत्वसँग छलफल गरेपछि आज क्यानले निगमलाई सो अनुमति प्रदान गरेको हो ।
मन्त्री तामाङले क्यान र निगमका प्रतिनिधिलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर विमान मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिँदै छिटो सी–चेक सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।
क्यानको हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले सी–चेकका लागि क्यानले निगमलाई अनुमति दिएको जानकारी दिनुभयो । वायुसेवा निगमले जुन २२ मा निगमको एक वाइडबडी विमान दुबई हुँदै मर्मतका लागि इटाली पठाएको थियो । सो जहाज ३० दिनभित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ । इटालियन कम्पनी एटिटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिइएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले वाइडबडी जहाजको सी–चेकका लागि क्यानले अनुमति दिएको पत्र निगमलाई प्राप्त भएको राससलाई जानकारी दिनुभयो । दुईवटा वाइडबडी विमानमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी–चेक नभएकाले उडान गर्न पाएको थिएन । यस विमानको मर्मत सम्पन्न भएपश्चात् निगमको अर्को ए ३३० जहाज नाइन एन–एएलजेडलाई पनि मर्मत गराउन सोही मर्मत कम्पनीमा जुलाई २०२४ को अन्तिम सातामा पठाउने तयारी गरिरहेको निगमले जनाएको छ ।
![आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी
![बीसीसीआईका सचिव जय शाहले टी-२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने](https://snowberry.prixacdn.net/media/gallery_folder/jay-shah_1706690453_ca4F9Pk0cW_xjcky3wroaxfafntksn22gvglbt1fggg01ebmuemn0o14etk8geo6h4jsiiz_il9Pa0MwpR_bmgmdtzt3jy8c6kishb3ezpks90vjkwf5c0cuchzzzfuyv7wjasdvm8pt11y.webp)
बीसीसीआईका सचिव जय शाहले टी-२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने
![चामल किन्ने पैसा छैन, कनिकामै चित्त बुझाउनुस् : दीपक मनाङे](https://snowberry.prixacdn.net/media/gallery_folder/deepak_manange_1619693274_0HHmu7FPzC_lad01mnm3c9u79be8sohmiwgjxjewlt93pjo0ys3b23c9e1tsofpwgf768wd_i3DiltQI9J_zpv1g25gdr3nn8719wcvnegszazz1cqwk3rtdxd7vgyxgyikm1dhw12eozhg.jpg)
चामल किन्ने पैसा छैन, कनिकामै चित्त बुझाउनुस् : दीपक मनाङे
![निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/fnj-nepal-office_4yzGwmrLBI_pvyj087ruk53wumzz7ooywy9jh0d2sdswgkljczqyqfbod5yg1fsp3uhqnug_5RB0R4VkQd_qxpumkmthrxme1bmvildvuip3qhf2efh8elikfd87dtavfxjre8w6s2npiqc.jpg)
निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल
![जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-30%2520214419_wCCSVglyv2_aebmoylpharmhb71bos15ptsjniatudmnxblnc1jaofhueipkzfrlkir74vr_76JcsHILdE_txoq0nayg4lyl615q8a6fv4qixzgezbjpojqhhrqazpqb43yup20wcvjap3u.png)
जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ
![अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli_0pH12SYMOc_2agrvmdzlwgjfwr7pmweumpnqygmhthdibsv7qreqi1qgsdtah6drllggqo3_uE8jJs2iMp_h5d3054g513k1mhd2d5sy3s6itwot6sxpszqnpl1z1swheqgfb6ahr9p6rdr.jpg)
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
![काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय गिराेह पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8_GMAVbmUaf4_cb32wsy8vnpm12l0xtk4gtjzwajqsmttdfeq7bryz6sukikkrbsycppjjizs_cj5C8BNEzD_moiynv0egbmjtyber5tsx8gafarl5ornx2yu2zzo5ypxb0g5clvmbdpxrrca.png)
काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय गिराेह पक्राउ
![पेट्रोल र डिजेलमा मूल्य वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/petrol-price__hzxpX17t1W_0rcjku5rpzuw88svh15llbnqtaie5ogccg3z4u3zmusvcgzupjl56zpbpzgx_VgyyPAlx55_5t8o7cx6jrtsbfexr1kjn5fxxwvzljgiufwtcrnlozha5znp5n0genh7ey6l.jpg)
प्रतिक्रिया