वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

युद्धमा गुज्रिरहेको इजरायलमा किन युवा पठाउदैछ सरकार ?

०२३ अक्टोबर ७ मा, प्यालेस्टिनी लडाकु हमासले गाजा पट्टीबाट इजरायलमा आक्रमण गरेपवर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरुछि यो क्षेत्र अशान्त छ । इजरायल(गाजा युद्ध सुरु भएयता १५ हजार बालबालिकाको मृत्यु भइसकेको छ । 
त्यतिखेर हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। कञ्चनपुरका विपिन जोशी विद्रोहीको कब्जामै छन्। उनको अवस्था अज्ञात छ।  ती नेपाली  विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए।हमास र अन्य लडाकु समूहका बन्दुकधारीहरूले दक्षिणी इजरायलमा घातक हमला गर्दा करिब १ हजार २०० व्यक्तिको मृत्यु  भएको थियो। अहिले पनि यस क्षेत्रमा युद्ध भड्किने जोखिम छ। निरन्तर बढ्दै गएको मुठभेड युद्धमा बदलिन सक्ने खतरा पनि उस्तै छ । 

तर, यस्तो अवस्थामा नेपालले भने आठ सय नेपाली युवालाई केयर गिभरमा इजरायल पठाउन अनुमति दिएको छ। वैैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै सुरुमा पाँच सय र त्यसपछि तीन सय नेपालीलाई इजरायलले केयर गिभरका रूपमा लैजाने बताएको छ । आवेदन खुला भइसकेको छ, दुई महिनाभित्र सबै प्रक्रिया पूरा गरी इजरायलतर्फ रोजगारीका लागि नेपाली युवालाई पठाउने प्रक्रिया सुरु हुने छ।  नर्सिङसम्बन्धी आधारभूत कोर्स अनमि वा सिएमए गरेको हुनुपर्ने वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम  लिएकाहरु तयहाँ जान पाउनेछन्।   

https://barnanmedia.com/news/detail/180812/

प्रधानन्यायाधीशको इजलासमा परेका सबै मुद्दा फैसला

 सहकर्मी न्यायाधीशबाट ‘अरवी घोडा’झै मुद्दामा दौडिसक्ने उपाधी पाएका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ रहेको संयुक्त इजलासले बिहिबार सबै मुद्दाको फैसला गरेको छ । 

जो बाह्रबर्षपछिका वेटिङ प्रधानन्यायाधीशको रुपमा रहेका छन्, तिनै न्यायाधीश टेकप्रसाद ढुंगाना आफ्नो इजलासमा पाएको संयोगमा प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो इजसालमा पेश भएका सबै १० वटै मुद्दामा फैसला सुनाएका हुन् । 

इजलासमा पेश भएका सबै मुद्दा फैसला भएको यो नै पहिलो हो । अचम्म त के भने प्रधान न्यायाधीशको इजलासमा ५ बर्ष नाघेका अप्ठ्यारा मुद्दाहरु रहेको अभियान शाखाका मुद्दाहरु नै पेश भएका थिए ।

अभियान शाखाका मुद्दालाई अप्ठ्यारो मुद्दा मानेर लामो समयदेखि अदालतमा अल्मलिईरहेको भन्दै फैसलाको अभियानमार्फत अघि सारिएको छ ।

https://barnanmedia.com/news/detail/180826/

आफ्नै आलोकाँचो शैलीले रास्वपामा एक्लिँदै छन् मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा मुकुल ढकालले देश दौडाहापछि तयार गरेको प्रतिवेदन र त्यसबारे उनले दिएको अभिव्यक्तिले ठूलै तरंग पैदा गरेको छ ।

खासगरी उनले पार्टी दुर्घटनाउन्मुख रहेको र आफूमाथि घृणित राजनीति भएको भनेर गरेको टिप्पणीलाई लिएर अनेक अर्थ र अनुमान लगाइँदै छ । सभापति रवि लामिछानेले वान म्यान आर्मीसरहत चलाएको रास्वपाभित्र कति धेरै असन्तुष्टि र टकराव रहेछ भनेर भनेर पनि विश्लेषण भइरहेको छ ।

तर यही प्रतिवेदन र अभिव्यक्तिका कारण अब ढकाल उक्त पार्टीभित्र रहने अवस्था कम बनेको छ । उनी आफै पार्टीको तल्लो तहमा अलोकप्रिय हुँदै गएपछि आफू जोगिन प्रतिवेदनलाई गलत तरिकाले हल्ला गरेको भनेर संस्थापनले बुझेको छ । 

https://barnanmedia.com/news/detail/180842/

सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प

सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए ।

भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

https://barnanmedia.com/news/detail/180831/

विकासमन्त्री   साहले बिचौलीयाहरुको स्वार्थको कारण दुग्ध किसानहरुको बक्यौता भुक्तानी

लागूऔषध मुद्दाका पाँच प्रतिवादीलाई सम्पत्ति शुद्धिकरणमा पनि सजाय सुनाइएको छ । बिहीबार उनीहरुमाथि न्यायाधीशहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले सजाय निर्धारण गरेको हो । ​​

उनीहरुमाथि उक्त इजलासले नै ५ असारमा कसूर कायम गरेको थियो । सात जना प्रतिवादी रहेकोमा दुई जनालाई भने विशेषले सफाइ दिने फैसला गरेको हो । यस मुद्दामा मिलन लोवालाई ३ वर्ष कैद र दुई करोड २७ लाख रुपैयाँभन्दा बढी जरिवानाको फैसला गरेको छ । अर्का प्रतिवादी दीपक राईलाई पनि तीन वर्ष कैदकै फैसला भएको छ भने एक करोड ६६ लाख रुपैयाँ भन्दा बढी जरिवाना तोकिएको छ । 

https://barnanmedia.com/news/detail/180919/

भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धा महिलाको हत्या

 भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धा महिलाको हत्या गरिएको छ।

हत्या गर्ने भद्रपुर नगरपालिका वडा नम्बर २ डिगाँउ निवासी अन्दाजी ४० वर्षीय राजेश तामाङलाई पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।आज दिउँसो साढे ३ बजेको समयमा राजेशले सोही ठाउँका ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा झापाको गरेका थिए।

हडतालअघि स्टिलवर्क बन्द गर्ने टाटाको धम्की

टाटा स्टिल युकेले आगामी हडतालका कारण दक्षिण वेल्सको पोर्ट ट्याल्बोटमा आफ्ना दुई ब्लास्ट फर्नेस बन्द गर्ने धम्की दिएको छ । यसबाट आगामी साता हुन लागेको आम निर्वाचनअघि राजनीतिज्ञहरूबीच चिन्ता बढेको छ । भारतीय स्वामित्वको यो विशाल कम्पनीले हरित उत्पादनतर्फ कदम बढाउँदै पहिलो फर्नेस जुनको अन्त्यमा र दोस्रो सेप्टेम्बरसम्ममा बन्द गर्ने योजना बनाएको थियो । यद्यपि टाटाका कर्मचारीहरूले कम्पनीको नोकरी कटौती योजनाको विरोधमा जुलाई ८ देखि अनिश्चितकालीन हडताल सुरु गर्ने युनाइटेड ट्रेड युनियनले एक साताअघि घोषणा गर्यो । 

बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले यसबीच टाटालाई निर्वाचनको परिणामअघि कदम नचाल्न आग्रह गरेको छ । आगामी जुलाई ४ मा हुने आम निर्वाचनमा लेबर पार्टीले सत्ताधारी कन्जरभेटिभ पार्टीलाई पराजित गर्ने व्यापक अपेक्षा गरिएको छ । 

चितवनमा धान दिवस मनाउन पुगेका प्रधानमन्त्रीलाई प्रश्न : मल कहिले आउँछ ?

शनिबार (असार १५) को धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन पुगेका छन्। शुक्रबार साँझ नै प्रधानमन्त्री दाहाल चितवन पुगेका हुन्।

धान रोप्न चितवन पुगेका प्रधानमन्त्रीलाई पत्रकारले ‘किसानले भोगिरहेको मल अभाव’को प्रश्नले घोचपेच गरेका छन्। जसको जवाफमा प्रधानमन्त्री दाहालले गत वर्ष मलको अभाव नभएको दाबी गर्दै यस वर्ष पनि नहुने बताए।

‘पोहोर साल मलको अभाव कहीँ पनि भएको होइन्। भएकोलाई त भएको भन्दिनुप¥यो नि,’ उनले भने,‘अहिले पनि मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइदैन्।’

एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी हुन पाउने

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छन् ।मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको दिल्लीस्थित एयरपोर्टको टर्मिनल भवनको छत खस्यो

चार महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत ढलेको छ। टर्मिनल भवन ९१० को पार्किङ क्षेत्रमा रहेको छत खसेको हो।छत खस्दा खसेर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। शुक्रबार बिहान भारतीय समय अनुसार करिब ६ बजे टर्मिनल भवनको छत खसेको थियो। छतमुनी कैयौँ गाडीहरू च्यापिएर क्षति पुगेको छ।

घटनापछि केन्द्रीय नागर विमानमन्त्री राममोहन नायडु निरीक्षणका लागि घटनास्थल पुगेका थिए। उनले मृतक परिवारलाई २० लाख भारतीय रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन्। यस्तै घाइतेको उपचारका लागि ३ लाख भारतीय रुपैयाँ दिने उनको घोषणा छ।

गृहमन्त्री लामिछानेका कारण नेपाल प्रहरीका दुई उच्च अधिकारीको बढुवा रोकिएर श्रेष्ठ र आचार्यको बढुवा !

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका कारण नेपाल प्रहरीका दुई उच्च अधिकारीको बढुवा रोकिएर एक तह मुनिबाट अवकाशमा जानुपरेको घटना यतिबेला सर्वत्र चर्चामा छ । त्यो पनि भ्रष्टाचाररहित शासन चलाउँछु भन्ने गृहमन्त्रीको सचिवालयमा मागिएको पैसा जम्मा गर्न नमानेका कारण भन्ने गम्भीर आरोप लागेको छ । डीआईजीमा बढुवा नभई एसएसपीबाटै अवकाशमा गएका एसएसपी डा.दीपक श्रेष्ठले फेसबुक पेजमा लेखेको कुराले नै पैसा नदिएका कारण बढुवा रोकिएको थियो भन्ने संकेत गर्छ ।

यो घटनाले गृहमन्त्रीको सचिवालयले मात्रै उनीहरूसँग पैसा मागेको थियो  कि बढुवा सिफारिस समितिका लागि पनि मागिएको थियो भन्ने प्रश्न उठाएको छ । यो घटनाबाट यसअघिका सबै बढुवाहरु कामको भन्दा दामको आधारमा हुने गरेका थिए भन्ने प्रष्ट रुपमा देखाउँछ । अहिले एआईजी र डीआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ । यसैले अहिलेका प्रहरी प्रमुख पनि यो प्रकरणमा दोषी ठहरिएका छन् । समग्र प्रहरी संगठन यस्ता व्यक्तिको नेतृत्वबाट कसरी सक्षम हुन्छ भन्ने प्रश्न उठाएको छ ।

पर्सा र तनहुँका शिक्षकले बुझाए नक्कली प्रमाणपत्र, विशेषले सुनायो सजाय

 नक्कलीशैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने दुई शिक्षकलाई सजाय सुनाइएको छ । पर्सा र तनहुँमा कार्यरत शिक्षकहरुलाई विशेषले शुक्रबार कसुरदार कायम गर्दै सजाय सुनाएको हो । 

पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानूको अध्यापन अनुमति पत्र नै नक्कली रहेको खुलेको थियो । जसपछि उनीमाथि गत १० वैशाखमा मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनको प्राथमिक तह अध्यापन अनुमति पत्र नक्कली रहेको देखिएको थियो । झुठा अनुमतिपत्रका आधारमा उनले शिक्षण सुरु गरेपछि सजाय सुनाइएको हो । 

https://barnanmedia.com/news/detail/180918/

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो । 

गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको समितिले जनाएको छ । समितिले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, 'नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१/०३/१४ को निर्णय अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको व्यहोरा सम्वद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।'

पोर्चुगललाई हराएपछि जर्जियाका पूर्व प्रधानमन्त्रीले जर्जियन टिमलाई ८.४ मिलियन पाउण्ड अवार्ड दिने

जर्जियाले युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणको नकआउट चरणमा पुगिसकेको छ । समूह ‘एफ’ मा रहेको जर्जियो एक जित, एक बराबर र एक हारबाट चार अंक बटुल्दै समूहमा तेस्रो भएको थियो ।

त्यसपछि जर्जिया समूहगत चरणमा तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको थियो । जर्जिया पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेको हो । जर्जियाले समूहगत चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगललाई २–० गोलले हराएको थियो ।

आफ्नो टोली समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई हराएपछि जर्जियाका पूर्वप्रधानमन्त्री विडजिना इभानिस्भिलीले राष्ट्रिय फुटबल टोलीलाई व्यक्तिगत तर्फबाट ८४ लाख पाउण्ड पुरस्कार दिने घोषणा गरेका छन् ।

‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो । कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले फोहर व्यवस्थापनस्थल  बञ्चरेडाँडासम्म जाने बाटोको समस्या समाधान भइसकेकाले लामो समयसम्म फोहर रोकिने समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा पनि विगतको फोहरलाई (क्यापिङ्) माटोले छोपेर मिलाउने काम गरिसकेको र वैकल्पिक बाटोको व्यवस्था गरेकाले यसवर्ष फोहर व्यवस्थापनमा समस्या हुँदैन ।”

लम्सालले तीनपिप्लेदेखि सिसडोलम्म केही स्थानमा पहिरो जाने गरेकामा ती स्थानमा पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या नहुने उहाँको भनाइ छ ।   

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। शुक्रबार दिउँसो साढे २ बजेको समयमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका वडा नम्बर ५ धितामा दुर्घटनामा परेको हो।

उक्त जिप दुर्घटना हुँदा जिपमा सवार ९ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी डीएसपी सुनिल दाहले जानकारी दिए।

रिलिज भएको ‘जेरी’ बिनाजानकारी हटाइएको गुनासो : आना

सन् २०१४ मा रिलिज भएको ‘जेरी’ मा अनमोल केसी र आना शर्मा मुख्य भूमिका थियो। व्यवसायिक रुपले सफल यस फिल्ममा अनमोल र आनाको जोडीलाई निकै रुचाइएको थियो।

जेरी प्रदर्शनको १० वर्षपछि अहिले ‘जेरी’ को दोस्रो श्रृंखला छायाङ्कनको तरखरमा छ। जसको मुख्य भूमिकाको लागि एकवर्षअघिनै अनमोलसहित आना अनुबन्धित भइसकेका थिए। तर, केही दिनअघि मात्रै आना बाहिरिएको र जसिता गुरुङको इन्ट्री भएको खबर बाहिरिएको थियो।जुन विषयमा आनाले पहिलोपटक मुख खोलेकी छिन्। आनाले फेसबुकमार्फत आफूलाई जानकारी नदिएर हटाएको र आफ्नो ठाउँमा अरुलाई राखेको उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘फिल्मको दोस्रो लुक टेस्ट र फोटोसुटको दिनभन्दा अघि नै मैले आफ्नो बिसन्चोबारे टोलीलाई जानकारी दिइसकेकी थिएँ। त्यही दिन उनीहरूले मेरो ठाउँमा अरू कसैलाई अनुबन्ध गरिसकेको जानकारी दिए। यसबारे मलाई पहिले कुनै सूचना र जानकारी दिइएको थिएन। फिल्म टोलीले म लुक टेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएको देखें। उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ। यसले मलाई ठूलो चोट दियो।’