भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धा महिलाको हत्या

 भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धा महिलाको हत्या गरिएको छ।

हत्या गर्ने भद्रपुर नगरपालिका वडा नम्बर २ डिगाँउ निवासी अन्दाजी ४० वर्षीय राजेश तामाङलाई पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।आज दिउँसो साढे ३ बजेको समयमा राजेशले सोही ठाउँका ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा झापाको गरेका थिए।

उनको घटनास्थलमै मृत्यु भएको थियो। वृद्धा गौरीमाया राजेशकै घरमा उनको दिदीसँग गफगाफ गरी बसिरहेका थिए। सोही बेला राजेशले उनीमाथि एक्कासि सिक्कल प्रहार गरेको स्थानीयले बताएका छन्।