पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

लमजुङको क्ब्होंलासोथर गाउँपालिका- ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परि ४ जनाको मृत्यु भएको हो।

वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो। 

रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य घलेले जनकारी दिए। पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन्। 

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए। उत्तरकन्याका वडाअध्यक्ष आसविर गुरूङका जनप्रतिनिधिको टोलीपनि घटनास्थल पुग्दैछ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।