महिला एशिया कप क्रिकेटकाे उद्घाटन खेलमा नेपाल र युएई खेल्ने

एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन्।

एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार जुलाई १९ मा हुने उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका हुन्।समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ र भारतसँग जुलाई २३ मा खेल्ने छ।

यो प्रतियोगिता श्रीलंकामा हुँदैछ।