मध्यराति चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु

 मौसमको बदलीसँगै मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ ।

रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको चट्याङ लागेर आज राती मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकहरू नाताले नन्द-भाउजू हुन ।

बुधवार (आज) बिहान १ बजेतिर सुतिरहेको अवस्थामा जाइता र गोमालालाई चट्याङले हानेको थियो । जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार चट्याङ लागेर उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

जाइताका श्रीमान बागलुङमा मजदुरी गर्न गएकोले घरमा उनीसहित गोमाला र जाइताका ६ वर्षीय छोरा रहेका थिए। छोरा भने सकुशल रहेका छन ।