ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

 रुपन्देहीमा २२ वर्षपछि ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई  प्रहरीले  पक्राउ गरेको छ ।

पुनरावेदन अदालत बुटवलको २०५९ सालमा  फैसला गर्दा  दोषी ठहर गरी  जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष १० महिना २९ दिन कैद सजाय  तोकिएका रुपन्देहीको  लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ बस्ने बलिराम लोधलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २२ वर्ष पछि पक्राउ गरी  रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही  डिएसपी मनोहर प्रसाद भट्टले  लोधलाई  कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय रुपन्देहीमा चलान गरेको बताए ।