गाजामा चलिरहेको युद्धमा दैनिक १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइरहेको छ : राष्ट्रसङ्घीय प्रमुख

 प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीका प्रमुखले गाजामा घेरामा परेको इलाकामा चलिरहेको युद्धमा औसतमा १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइरहेको बताएका छन्‌ ।

“मूलतः हामीसँग हरेक दिन औसतमा एक वा दुई खुट्टा गुमाउने १० जना बालबालिका छन्”, युएनआरडब्लुए प्रमुख फिलिप लाजारिनीले भने ।यी सङ्ख्याहरूमा हात वा पाखुरा गुमाएका बालबालिकाहरू समावेश गरिएको नगरिएको उनले बताए ।

इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै गाजामा थालेको पछिल्लो आक्रमणमा हालसम्म ३७ हजार ६०० नागरिकको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ । अस्पताल र राहत शिविरहरूमा समेत इजरायलले बम बर्साइरहेको छ ।