अफगानिस्तान सेमिफाइनलमा, के भने रशिद खानले ?

टी–२० विश्वकपको सुपर आठको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।

अफगानिस्तानका कप्तान राशिद खानले आफ्नो टोली सेमिफाइनलमा पुग्नु सपना जस्तै भएको बताएका छन् । खेलपछि राशिद खानले भने, "हाम्रो टोलीको सेमिफाइनलमा पुग्नु सपना जस्तै हो। यो प्रतियोगिताको सुरुदेखि नै सुरु भएको थियो। हामीले न्युजिल्यान्डलाई हराएर हामीमा आत्मविश्वास पैदा भयो। मसँग व्यक्त गर्ने शब्द छैन। ।"

"ब्रायन लारा एक मात्र व्यक्ति थिए जसले हाम्रो टोली सेमिफाइनलमा पुग्न सक्छ भनेर भनेका थिए। हामीले उहाँलाई सही साबित गर्यौं। मैले उहाँलाई भनें कि हामी तपाईंलाई निराश पार्ने छैनौं।"राशिद खानले भने, "सबैले उत्कृष्ट खेलेका छन्। हाम्रो फास्ट बलिङ अचम्मको छ। सेमिफाइनलमा पुग्नु ठूलो कुरा हो। देशले हामीमाथि गर्व गर्नेछ। हामीले चीजहरू सरल राख्नुपर्छ र ठूलो खेलको आनन्द लिनुपर्छ।"

टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानले जुलाई २६ मा दक्षिण अफ्रिकाको सामना गर्नेछ।