सुनको भाउ स्थिर, चाँदीको घट्यो

 मंगलबार सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि पनि अघिल्लो दिनकै मूल्य तय गरेको छ ।

महासंघका अनुसार मंगलबार पनि सुनको भाउ १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी १८१५ रुपैयाँमा झरेको छ ।