अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा कैलालीबाट चार जना पक्राउ

काठमाडौं । अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले कैलालीबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिका २ आदर्श गल्लीमा घरको कोठा भाडामा लिई अनैतिक क्रियाकलाप गरेको आरोपमा प्रहरीले तीन महिला र एक पुरुषलाई पक्राउ गरेको हो ।

 

उनीहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नाउव उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए ।