प्राइम सहकारी ठगी मुद्दामा संलग्न भइ फरार तीन जना पक्राउ

प्रहरीले पोखराको प्राइम सहकारी संस्थाको ठगी मुद्दामा संलग्न भइ फरार रहेका तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वत मोदी गाउँपालिका १ स्थायी घर भई हाल पोखरा महानगरपालिका १८ बस्ने ५५ वर्षकी धनकुमारी गुरुङपर्वत घर भई हाल पोखरा महानगरपालिका ८ बस्ने ४७ वर्षकी सिता कुमारी गुरुङ र पोखरा महानगरपालिका ३ तेर्सापट्टी बस्ने ४७ वर्षका जीवन सार्कीलाई पक्राउ गरेको हो ।  


पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा उनीहरुको पनि संलग्नता रहेको भन्दै प्रहरीले यसअघि नै प्रतिवादी बनाएर मुद्दा बुझाइसकेको थियो ।

अन्य पक्राउ परेका प्रतिवादीहरुको थुनछेक आदेश भइसकेको छ । तर उनीहरु फरार रहेका कारण पुर्पक्ष हुन सकेको थिएन । उनीहरुलाई शुक्रबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।