वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

पर्यटमन्त्री बन्दै रञ्जिता, सिकेलाई परराष्ट्रमन्त्रीको अफर

 जसपा फुटेपछि उपेन्द्र यादवले सरकार छाड्न पर्यो। अशोक राई समूहले सरकारलाई समर्थन गरेपछि यादवले उपप्रधान एवं स्वास्थ्यमन्त्रीबाट राजीनामा दिए। लगत्तै  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुपर्यो। प्रचण्डलाई यादव नेतृत्वको जसपाले विश्वासको मत दिएन।

 

तर, उनको कुर्सी जोगाउन नागरिक उन्मुक्ति पार्टी आइपुग्यो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सांसदलाई विश्वासको मत दिन लगाएपछि स्पष्ट बहुमत पुगेको थियो।
तिनै श्रेष्ठ मन्त्री बन्ने तयारीमा छिन्। यसअघि प्रचण्ड मन्त्रिपरिषद्मै भूमिमन्त्री बनेकी रञ्जिता गठबन्धन हेरफेर हुँदा बाहिरिएकी थिइन्। उनका पति रेशम चौधरी अहिलेको गठबन्धनको विपक्षमा रहे पनि रञ्जिता भने मन्त्री खान तयार छिन्, त्यही भएर सुदूरपश्चिममा मुख्यमन्त्री लिन सकिने अवस्था भएपनि उनले गठबन्धनलाई सघाइन्। र,अहिले पर्यटनमन्त्रीको दाउमा छिन्।

https://barnanmedia.com/news/detail/179223/

बदलियो न्याय परिषद् संरचना, श्रेष्ठका योजना अब के होलान्?

न्याय परिषद सदस्य समेत रहेका वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराईले शुक्रबारबाट न्याय सेवाबाट अवकाश पाए । उनको अवकाशसँगै सर्वोच्च अदालत र न्याय परिषदको शक्ति संरचनामा केही फेरबदल आएको छ ।

भट्टराईको अवकाशपछि सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत भएका छन् । अब प्रधानन्यायाधीशको अनुपस्थितिमा कामु प्रधानन्यायाधीशका रुपमा राउतले काम गर्नेछन् । त्यस्तै न्याय परिषद बैठकमा पनि वरिष्ठतम न्यायाधीशका हैसियतले राउतले नै प्रतिनिधित्व जनाउनेछन् ।

यसअघि ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई न्यायाधीशकै रुपमा बिदा भए, जो केही समय न्याय परिषद सदस्यका रुपमा पनि काम गरेका थिए । उनीहरुका पालामा न्याय परिषदबाट भएका केही निर्णय साहसिक रहे भने केही विवादित पनि भए । खासगरी न्याय परिषद नियमावलीको संशोधन र न्यायाधीश नियुक्तिमा बेहद स्वेच्छाचारिता र पक्षपातपूर्ण निर्णय गरियो । यही कारण अदालतभित्र व्यापक असन्तुष्टि छ भने नेपाल बार एसोसिएसन विरोधमा छ ।

https://barnanmedia.com/news/detail/179246/

सर्वाेच्चमा अवकाशको श्रृंखला, अब प्रधानन्यायाधीशको पालो

श्रृंखलाबद्ध अवकाश भइरहेको सर्वाेच्च अदालतमा तत्कालै न्यायाधीश नियुक्ति हुन नसकेमा अबका केही दिनमा अरु न्यायाधीशले समेत अबकास पाउनेछन् र सर्वाेच्च अदालतमा मुद्दाको सुनुवाई समेत प्रभावित हुनेछ ।

शुक्रबार मात्रै पैसठ्ठी बर्ष पुगेर अनिवार्य अवकाश पाएका सर्वाेच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईसंगै सर्वाेच्च अदालतमा चार पद खाली भइसकेका छन् । 
भट्टराई पछि अबको पालो प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको रहेको छ । उनी अब दुईमहिना अठारदिन पछि बिदामा बस्नेछन् भने त्यसको एक महिनापछि अर्थात् असोज २० मा अनिवार्य अवकाश लिनेछन् । 

 दशैंको मुखमा अवकाशमा जाने भएकोले उनले असोज १६ गते दशैंको घटस्थापनाको अघिल्लो दिन नै विदाई लेलान् वा दशैंको बिदाकै बीच अवकाश लेलान् पर्खन धेरै दिन छैन । 
उनीसंगै अर्का न्यायाधीश प्रकाश कुमार ढुंगाना समेत दशैको बीचमै अवकाशमा जानेछन् । उनी समेत असोज ४ गतेदेखि बिदामा बस्नेछन् भने कात्तिक ४ मा दशैंबिदा सकिएर अदालत खुल्नु अघि नै अनिवार्य अवकाश पाइसक्नेछन् । 

ईशनाथको आधारभूत विद्यालयको भवन निर्माण अनियमितता : प्रमुख प्रशासकीय अधिकृतसमेत सबैलाई सफाइ

रौतहटको ईशनाथ नगरपालिका वडा नं. ५ स्थित श्री आधारभूत विद्यालयको भवन निर्माणमा अनियमितता भएको मुद्दाका सबै प्रतिवादीले सफाइ पाएका छन् । आइतबार विशेष अदालतले गत चैतमा दायर मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ५ चैतमा ३ जनामाथि मुद्दा चलाएको थियो । नगर कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इञ्जिनियर सत्यपाल सौरभ र उक्त विद्यालयका प्रधानाध्यापक मुहमद समिम अख्तरलाई प्रतिवादी बनाइ मुद्दा दायर भएको थियो । 

लक्ष्मिनियाँस्थित दुई कोठे पक्कि भवन निर्माण गर्दा सम्झौताभन्दा कम गुणस्तरका सामग्री प्रयोग भएकोमा कार्यसम्पन्न प्रतिवेदनमा ती कुरा उल्लेख नगरेको, काम पूरा नहुँदै भएकोभन्दा बढी काम देखाएको अभियोग इञ्जिनियर सौरभमाथि थियो । उनको कार्यबाट सरकारलाई ८६ हजार रुपैयाँभन्दा बढीको नोक्सानी भएको दाबी अख्तियारले गरेको थियो

https://barnanmedia.com/news/detail/179312/

एकडाराका इञ्जिनियर र सब इञ्जिनियरलाई तीन महिना कैद

विशेष अदालतले महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर सुभाष पाण्डेय र असिस्टेन्ट सब इञ्जिनियर सञ्जय कुमार मण्डललाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ । उनीहरुलाई जनही तीन महिना कैद र दुई लाख ८८ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो । 

विशेष अदालतले आइतबार गैरकानूनी लाभ लिइ भ्रष्टाचार गरेको एक मुद्दामा उनीहरुका साथै व्यवसायी राकेश कुमार रायलाई पनि सजाय सुनाएको छ । विशेषका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।

यसै वर्ष वैशाख मध्यमा दायर मुद्दामाथि सुनुवाइ गर्दै आंशिक ठहरको फैसला भएको छ । यस मुद्दामा तीन जना दोषी पाइएका छन् भने अन्य तीन जनाले सफाइ पाएका छन् । 

https://barnanmedia.com/news/detail/179318/

ललितपुर मालपोत कार्यालयको क्यान्टिनमा आगलागी

ललितपुरको मालपोत कार्यालयको क्यान्टिनमा आगलागी भएको छ ।

आगलागीबाट २ वटा फ्रिज, ३ थान ग्याँस चुल्हो र ३ वटा टेबल लगायतका सामान जलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए । क्षतिको यकिन विवरण अझै खुलेको छैन । 

अन्तर्वार्ता- सत्ता समीकरणमा कुनै समस्या आएको छैनः उपप्रधानमन्त्री लामिछाने

 टेलिभिजन पत्रकारिताका माध्यमबाट राष्ट्रिय राजनीतिमा छोटो समयमै स्थापित र लोकप्रिय हुनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत हुनुहुन्छ । उपप्रधानमन्त्री लामिछानेसँग गणतन्त्र दिवसका अवसरमा राससको केन्द्रीय कार्यालयमा जारी विकास र पूर्वाधारसम्बन्धी तस्बिर प्रदर्शनी अवलोनकनपछि मुलुकको शान्ति सुरक्षालगायत समसामयिक विषयमा राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको संवादको सम्पादित विवरण:

तपाईँले पछिल्लोपटक मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनका उपलब्धिका विषय सार्वजनिक गरिसक्नुभएको छ तर कतिपय चुनौतीहरु विद्यमान देखिएका छन् । जस्तो, बारामा हालै एक क्याम्पस प्रमुखको हत्या भएको र त्यसमा छिमेकी मुलुकबाट ‘सुटर’हरु आएर यस्ता घटना गराइएको विषय आज पनि सङ्घीय संसद्मा उठेको छ । यस्ता घटना रोक्ने योजना के छ ?

श्रम क्षेत्रका विकृति अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित छुः मन्त्री अर्याल

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य, सामाजिक सुरक्षा प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा देखिने गरी आफ्नो नेतृत्वमा कार्यसम्पादन भएको दाबी गर्नुभएको छ ।

 

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको सन्दर्भमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को गभर्निङ बडीमा नेपालको प्रतिनिधित्व र भ्रष्टाचारको शून्य अभियानलाई पनि आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रुपमा रहेको स्पष्ट पार्नुभयो । 

मन्त्री अर्यालले भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई उत्कृष्ट तालिम केन्द्रका रुपमा विकास गर्ने र त्यहाँ तालिमप्राप्त जनशक्तिलाई वैदेशिक रोजगारमा भन्दा स्वदेशमै रोजगारी प्रदान गर्ने सोच सरकारको रहेको बताउनुभयो । उहाँले श्रमिकलाई थप आर्थिक भार तथा बोझ दिने गरी विगतमा भएका निर्णय तथा जारी भएका कार्यविधिको असर तथा प्रभाव अध्ययन गरी केही कार्यविधि खारेज, स्थगन तथा परिमार्जन प्रक्रिया अघि बढाइएको बताउनुभयो । 

उपप्रधानमन्त्री लामिछानेद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको छ ।

 

आज तस्बिर अवलोकनपछि प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले तस्बिरले गणतन्त्रपश्चात् पूर्वाधार विकासका क्षेत्रमा भएका उपलब्धिलाई प्रस्ट र बहुआयामिक ढङ्गले प्रस्तुत गरेको बताउनुभयो । “गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन कि भन्ने प्रश्नहरू उठ्दै आएका छन् । हामीले पनि कतिपय प्रश्न उठाएका हौँ तर यो प्रदर्शनी हेरेपछि केही भएको छ भन्ने अनुभूति भएको छ”, उहाँले भन्नुभयो, “वास्तवमा यो प्रदर्शनी एकप्रकारले मेरा लागि विकास निर्माणसम्बन्धी विषयको ‘टाइम ट्राभल’ जस्तै भएको छ ।”

पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार

:काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रुपमा विकास हुन थालेको छ । 

 

गोकर्णेश्वर नगरपालिका–८ माकालबारीमा स्थायी बसोबास गरी राजधानीको एक परामर्श कम्पनीमा कार्यरत हरिप्रसाद सुवेदी शनिबारको बिदा मनाउन वाग्द्वार पुग्नुभयो । सुन्दरीजलबाट माथि लागेपछि नै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको हरियाली वातावरणमा रमाउँदै जाँदा हप्ता दिनको थकान मेटिएको अनुभव उहाँले सुनाउनुभयो । मुहान क्षेत्रको वाग्मती सफाइ अभियानकर्मीको समूहसँगै उहाँ पदयात्रा गर्दै वाग्द्वार पुग्नुभएको हो । 

काठमाडौँ उपत्यकामा विभिन्न पेसा र व्यवसायी गरी बसेका सुवेदीजस्तै धेरै मानिसले साप्ताहिक बिदा मनाउने गन्तव्यका रुपमा यस क्षेत्रलाई रोज्न थालेका छन् । बढ्दो गर्मीमा एक दिन बिदा पाएकाहरु उपयुक्त गन्तव्यको खोजीमा हुन्छन् । यस्तो बेलामा धेरैले वन, जङ्गल, शीतल, छहारी खोज्ने गर्छन् । यस्तो खोजीमा रहनेहरुका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको वाग्द्वार उपयुक्त गन्तव्य बन्न थालेको छ । 

दक्षिण सुडानस्थित अनमिस (UNMISS) मिसनबाट स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्वागत

 नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षकजनक भट्टराईले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस(UNMISS) मिसनमा खटिई आफ्नो एक वर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेशफिर्ता भएका प्रहरी टोलीलाई आइतबार स्वागत गर्नुभयो ।

 

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक भट्टराईले शान्ति स्थापनामा सहभागी भईस्वदेश फिर्ता हुनुभएका प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गर्दै संगठनले दिएकोजिम्मेवारीलाई संयुक्त राष्ट्र संघको मापदण्ड अनुरूप उच्च मनोबलका साथ प्रभावकारी रूपमापुरा गरी स्वदेश फिर्ता भएकोमा बधाई दिनुभयो ।

मध्य र पश्चिम तराईका भूभागमा चार दिनसम्म तातो हावा तथा लहरको सम्भावना

 मध्य र पश्चिम तराईका भूभागमा आउँदा केही दिन अझै ‘अत्यधिक’ गर्मीको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती भूभागमा अबका चार दिन (असार ३ देखि ६ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले आइतबार जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

प्रधानमन्त्री दाहालसँग सिपिपिसिसीका उपाध्यक्ष बातेरको शिष्टाचार भेट

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बातेरले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । 

 

भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गर्नुभएको प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिनुभयो ।