सर्वोच्चका न्यायाधीश प्रकाशमान राउत न्याय परिषद्को सदस्य नियुक्त

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत न्याय परिषद्को सदस्य नियुक्त भएका छन् । परिषद् सदस्य रहेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एक असारमा उमेरहदका कारण अनिवार्य अवकाश भएपछि राउत डा.भट्टराईको ठाँउमा नियुक्त भएका हुन् ।

राउतलाई परिषद् अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार (आज) परिषद् सदस्य नियुक्त गरेका हुन् ।

२०७३ साल साउनमा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका राउत प्रधानन्यायाधीश बन्ने लाइनमा छन् । वर्तमान प्रधानन्यायाधीश श्रेष्ठले १९ असोजमा उमेर हदका कारण अनिवार्य अवकाश लिएपछि राउत २० असोजमा प्रधानन्यायाधीश बन्ने छन् ।राउत करिब १८ महिना सर्वोच्चको प्रधानन्यायाधीश हने छन् ।

वकालत पेशाबाट न्यायाधीश बनेका राउत अधिवक्ता हुँदा सर्वोच्च बार एसोसिएसनको अध्यक्ष भएर पनि काम गरेका थिए । राउत वरिष्ठ अधिवक्ता भएर पनि काम गरेका थिए । उनीसँग न्यायसम्बन्धी विभिन्न समितिहरूमा बसेर काम गरेको अनुभव पनि छ ।

उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तह पास गरेका छन् । उनको दक्षता सिभिल, क्रिमिनल र संवैधानिक विषयमा छ ।

काेशी प्रदेश सरकार गठनविरुद्धकाे  मुद्दा आज पनि हेर्दाहेर्दैमा

काेशी प्रदेश सरकार गठनविरुद्धकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रदेशसभा सदस्यबाट देवकोटा हटाउने घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतकाे अन्तरिम आदेश

प्रदेशसभा सदस्यबाट देवकोटा हटाउने घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतक…

सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पारेको वर्णविन्यासको नियम खारेज

सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पा…

यस्तो छ अख्तियारले मुख्यसचिव सहितका विरुद्ध लगाएको आरोप

यस्तो छ अख्तियारले मुख्यसचिव सहितका विरुद्ध लगाएको आरोप

कानुन व्यवसायीको बहस नसकिएपछि कोसी प्रदेश सरकारबारे दायर रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

कानुन व्यवसायीको बहस नसकिएपछि कोसी प्रदेश सरकारबारे दायर रिटको सुनुवाइ आज …

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा  रहेको रिटमा आजबाट सुनुवाइ सुरु

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रहेको रिटमा आजबाट सुनुवाइ सुरु

१२ वर्षपछिको प्रधानन्यायाधीशहरूको नाममा मत नमिल्दा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति अनिश्चित

१२ वर्षपछिको प्रधानन्यायाधीशहरूको नाममा मत नमिल्दा सर्वोच्च अदालतमा न्यायाधीश न…

सिंगापुरका धर्मगुरुलाई अनुयायीहरूबाट करोडौं डलर ठगी गरेको अभियोगमा १० वर्षको जेल सजाय

सिंगापुरका धर्मगुरुलाई अनुयायीहरूबाट करोडौं डलर ठगी गरेको अभियोगमा १० वर्ष…