५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/traffic.jpg-3_wey1NeoyzY_fxqhp7eorqu3neu5fwpyejy1wgk5n0dghbyjyrgiizk0dklc24j7iqratoan_fCzBy6HgPt_zocpne78rsi975qd0nk8u2frmikuhw1caeroigehythfapvnkrkyckep6tsr.jpg)
काठमाडौँ, २ असार :काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २४औं समूहअन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । जनतालाईसुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २३ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।
![क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/2023-11-15T143739Z_1714437592_RC2OD4A34MR2_RTRMADP_3_ROMANIA-PATRIOTS-1718887854%2520(1)_20240625112314_original_image_1_jjAX0qwisO_srqdssu8s2vvp5ibajjs8s0u0ctmdkdzddl8gg0mwjvqjvw0enbym8mqe38x_XXlnAQotDL_zhjnvl7rxpzmkv5swqg5slyybh4ipgsfekgktd5y9ywuitobsqpnyihwcqum.webp)
क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी
![‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई](https://snowberry.prixacdn.net/media/gallery_folder/received_3492032137702058_QAIVHGDSZC_xrrb4bjhukelngsqmymrs75fl3swx8vfmjw2ufxoz5rzl0pjqgano58xqwwa_0tSenHQ82b_77i30snbzmzshzp3xpj8nc84samzoc6mzu4knllzyfwr05daswxlzkn5w1cx.jpeg)
‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई
![बजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ](https://snowberry.prixacdn.net/media/gallery_folder/salt-trading_BjqM4BFBGf_paom6imioiwqkzwjcaod2fxdv3p0iszyrd8glxskvwjmky29ldfei9enfnvd_OSq7MRo9yp_6zd0rm779uv8ftifkna4goywrg6nhjayjvwspwjgv3ppfia5o5uiqnsoopgp.jpg)
बजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ
![महाधिवेशनबाट कार्यसमितिको सङ्ख्या घट्दै, १९९ सदस्यीय हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/ncp-nekapa_UGRS3ojTRy_ffglocnvpeedfoqyljrelhtzvssw2pafgfsus2cril8izvl4ium3wpg5muuz_fjPBPSrpHK_yrdhjpphlixy0wx8dqacmfejev9j4pgnqxiejufhb1o4ewpgd2mbfiycygjk.jpg)
महाधिवेशनबाट कार्यसमितिको सङ्ख्या घट्दै, १९९ सदस्यीय हुने
![जंगली च्याउ खाँदा एक साताको अवधिमा तीन जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/janggali%2520-chyau_mnPq90BQ3F_0udjun0udsnmzwayvgjwgaqaecighib1qbe1lc4yzb0yxf3kjwdt8zsaonji_KAxs6E81kq_gudujdzsljs2dfq75vejcwsz8grhg4c3wmsvs8sb4oza4jdfox8pj5e5dknw.jpg)
जंगली च्याउ खाँदा एक साताको अवधिमा तीन जनाको मृत्यु
![चट्याङ लागेर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_wQAnAHycep_v08vlt2mcs9wwy6r9xel3zndfiixgux2ccfbuolngqa5drxghermzjipvogp_qRjs7tGuTI_vsnpqppt04kmrlkicx95ffffqwnyndsxxxkat3h7n7rtgaeevyyp8i2us3py.jpeg)
चट्याङ लागेर दुई जनाको मृत्यु
![अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा कैलालीबाट चार जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/download_XWZWRYJ7Od_guwisxypqccrwalb4rniremij56mi17pkvgbgeevytf2i8fs8j9l8tqlyfve_qoZDZxVEP6_xy0tw3fiblu5zoo4ezsf0t7bloyin0wwhvescf8bq5gdebtxrjvzslhxa0wz.jpeg)
अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा कैलालीबाट चार जना पक्राउ
![नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/chinju2024-06-25-08-06-37_TSwJQVBZ4k_lcrgwcnnuonpqausiow88lcujgbnvgzw8dvdptrsyptow31ada2vxdwhibut_Z53cGlCN3N_exjmsmmfzbcnp7vnstsemfqhttho36apvzdfwi9zbmkp3wkrjtznwimnryas.jpeg)
प्रतिक्रिया