धुम्बराहीकाे गण्डकी दोहोरी साँझमा आगलागी

काठमाडौं महानगरपालिका–४ धुम्बराही चोकस्थित नबिन कुमार लामाको गण्डकी दोहोरी साँझमा करेन्ट सर्ट भई आइतबार बिहान आगलागी हुँदा फर्निचर लगायतका विभिन्न सामानहरू जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, उर्लाबारी नगरपालिका–६ सिमाना बस्ती बस्ने हरि प्रसाद गजमेरको घरमा गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।