लुम्बिनी प्रदेशः बजेटमा कृषिक्षेत्र प्राथमिकतामा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-16%2520135455_FPwXSVKdJB_vfrzb048nediwk9hh3ppy4ldkxakjcl66qruf78fb2j5rzlpmgufzk6lco0c_8EYF7R0zdz_1drtgz7sdijpbuodvphlr80ou1tnjcipzlccazehk4mvjkrlhl9tjsnuhkvk.png)
सिद्धार्थनगर (रुपन्देही), २ असार : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा कृषिक्षेत्रलाई प्राथामिकतामा राखेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा कृषिक्षेत्र प्राथमिकतामा परेको हो ।
‘किसानको हात, प्रदेशको साथ’ भन्ने नाराका उहाँले कृषिलाई प्राथमिकतामा राखिएको बताउनुभयो । कृषिको व्यावसायिकीकरण, सीप विकास तथा कृषिक्षेत्रमा रोजगारीका अवसर सृजना गर्न प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको मन्त्री आचार्यले बजेट मन्तव्यमा उल्लेख गर्नुभयो । उहाँले प्रदेशभित्रका सबै जिल्लामा बाली एवं पशुपन्छी सघन व्यवसायी उत्पादन क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न बजेटमा व्यवस्था गरिएको बताउनुभयो । कृषिक्षेत्रमा सिँचाइको व्यवस्थापन गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले बजेट विनियोजन गरिएको मन्त्री आचार्यले उल्लेख गर्नुभयो ।
कृषिक्षेत्रसँगै लुम्बिनी प्रदेशको बजेटले मानसिक स्वास्थ्य समस्या पहिचान एवम् रोकथामका लागि समुदायस्तरमा योग, ध्यान तथा मनोसामाजिक परामर्शलगायत कार्यक्रम सञ्चालन तथा उपचार व्यवस्था गर्न बजेट विनियोजन गरेको छ । ८० वर्ष पुगेका ज्येष्ठ नागरिक तथा अति अशक्तलाई घरमै स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री आचार्यले बजेट वक्तव्यमार्फत जानकारी दिनुभयो ।
‘पूर्ण सुरक्षित मातृत्व सेवा’ अभियानसहित विशेष कार्यक्रम सञ्चालन गर्ने र गर्भवतीलाई सुविधा सम्पन्न अस्पतालका साथै निःशुल्क एम्बुलेन्सको व्यवस्था प्रदेश सरकारले गर्ने विषय बजेटमा प्रस्तुत गरिएको छ । दुर्गम क्षेत्रका गर्भवती महिलालाई हवाई सेवाबाट उद्धार गर्न आवश्यक रकम छुट्याइएको छ ।
बजेटमा महिलालाई ‘लुम्बिनीका महिला, आत्मनिर्भरमा पहिला’ भन्ने नारासहित उद्यमशीलता र स्वरोजगारका अवसर बढाउन बजेट विनियोजन भएको छ । लैङ्गिक हिंसामुक्त प्रदेश निर्माण गर्ने उद्देश्यले प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । कृषिलाई प्राथमिकतामा राखेर प्रस्तुत गरिएको बजेटले लुम्बिनी प्रदेशको कृषि उत्पादन तथा कृषि उद्यमलाई संस्थागत गर्ने विश्वास लिइएको छ । आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले रु ३८ अर्ब ९७ करोड रकम विनियोजन गरेको छ ।
![जंगली च्याउ खाँदा एक साताको अवधिमा तीन जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/janggali%2520-chyau_mnPq90BQ3F_0udjun0udsnmzwayvgjwgaqaecighib1qbe1lc4yzb0yxf3kjwdt8zsaonji_KNWnZgi062_qd91wk3gvursv8ovjaseycl4xfyqngw8mvx5o39tshpczhgawuwazythc9gw.jpg)
जंगली च्याउ खाँदा एक साताको अवधिमा तीन जनाको मृत्यु
![चट्याङ लागेर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_wQAnAHycep_v08vlt2mcs9wwy6r9xel3zndfiixgux2ccfbuolngqa5drxghermzjipvogp_2Ra5sIoAaO_3gnab9my43nvcozddhzhmqslgmyetvpcghklyco7vprf1csyeinbplnzqxt4.jpeg)
चट्याङ लागेर दुई जनाको मृत्यु
![अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा कैलालीबाट चार जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/download_XWZWRYJ7Od_guwisxypqccrwalb4rniremij56mi17pkvgbgeevytf2i8fs8j9l8tqlyfve_RcUbDsSXYk_fbx4dxxurmedqcdunzmnddgztudhrgvhhu23t2jkrtymloerjxazjqewktqa.jpeg)
अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा कैलालीबाट चार जना पक्राउ
![नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/chinju2024-06-25-08-06-37_TSwJQVBZ4k_lcrgwcnnuonpqausiow88lcujgbnvgzw8dvdptrsyptow31ada2vxdwhibut_USoheiQ8Oy_digbrpzjzsju8agkapbqrdawtass9gx2bc87h4i0fw22rfklmuwr89utrinl.jpeg)
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै
![नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी](https://snowberry.prixacdn.net/media/gallery_folder/_121298344_244402123_408595917296305_820703852859664295_n_bciypDk7TC_cl7ozorkpixwq62be3om37lszjeiuhwj3odkphyvysgjhurrmhbc9mgw84fr_bhGVpeQa8f_ixwfvw2kdpicylgvnjzsmlnvdrrzc6buxgcnrpejd3qeyxkdu11yr9khwpsc.jpg)
नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी
![जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव](https://snowberry.prixacdn.net/media/gallery_folder/Janakpur.2024-02-01-01-02-04_A9TPrPkzfa_afjkwncnpj2uuda3c9cvdhe5kk18cpqazidjpmow5xgdnobkno9bp34ji2k3_hNUeH8DeCl_nezywajkb8f1o24nerxz6t8xtp0zhssl7wqut3kect0pioyzdhtyubnzpdqr.jpeg)
जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
![वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित](https://snowberry.prixacdn.net/media/gallery_folder/makai_zWD7N1sBqv_auZwcCWlDL_r2ekhxgrlpnwdcncxxppfvd1t9qv7nmupxxkc0g3rtqi7t7qb3owqy8zsgi5_nLVngWzVBM_xeavdgkwg7pzrzaddjcpsn5r6gvszucoxokpw8311yyhbbeqgqmnl3putlx3.jpeg)
वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित
![नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/naptaul%2520(1)_JlDz7pGxAD_9eibgpenv4eox59nzpjwfoyeyekrfqrydy2npwjob45hbijlu9zq2tbcmmg5_1yujaVsgva_4dfsfmuxgo2cw3fqfedeah2za2lwzbrqao8mfuri6zuc55yoera5sxzbzjx2.webp)
प्रतिक्रिया