बि एण्ड सि मेडिकल कलेजले पाए लाइसेन्स

दुर्गा प्रसाईँको मेडिकल कलेजले लाइसेन्स पाएको छ । काठमाडौं मेडिकल कलेजले प्रसाईको बि एण्ड सि मेडिकल कलेज टिचिगं हस्पिटल एण्ड रिसर्च सेन्टरलाई अनुमती दिएको हो ।

सर्वोच्च अदालतले कलेजलाई १५ दिनभित्र लाइसेन्स दिन निर्देशन दिएको थियो । सोही बमोजिम काठमाडौं मेडिकल कलेजले लाईसेन्स दिएको हो । काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्को जेठ २७ गते बसेको बैठकको निर्णय अनुसार चिकित्सा शिक्षा आयोग एवं अन्य नियामक निकायहरूसँग आवश्यक स्वीकृति लिई कलेजलाई सो सम्बन्धन दिइएको हो ।

सर्वोच्च अदालतले ‘एमबिबिएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनु दिलाउनु’ भन्ने आदेश दिएको थियो ।