सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Purevsuren-ra-usukhjargal_2nxEcRcXRB_td1ixysy30aguojlrk1tjau80ajhosbd5jztj6enbekkmapjotc21cxdkwqh_i8sAhVHPPn_zd25uwdevcnmvrlzdktr02vyemxqubseftbxmyusskq6cate9wlmua2o5koc.webp)
काठमाडौँ, ९ जेठ : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।
मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय काड्यानियल पल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले राससलाई जानकारी दिनुभयो । चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका उहाँले बताउनुभयो । दुवैजनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए । वातावरण अनुकूल भएको अवस्थामा दुवैजना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविरहुँदै शिखरतर्फ प्रस्थान गरेका पर्यटन विभागको आधारशिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ ।
बेपत्ता दुवैजनाको खोजी गर्न उहाँहरुको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
![बुढीखोलाको बाढीले एकै परिवारका चार जना बगायो](https://snowberry.prixacdn.net/media/gallery_folder/ihahari-badi_pDk4cGQLJM_z9xpvjuco6tsd4weghroakfqjpmptxspqxrkc4fzuqxd9tmoksyr5jih17u4_z5i6NiJYrk_e1t7pvw28gipfcdtltecx145afau9ck4rg9ggwb7806waurbfvzphmzfplvs.jpg)
बुढीखोलाको बाढीले एकै परिवारका चार जना बगायो
![आज अमेरिकी डलर, युरो, मुद्राको मूल्य घटेको अस्ट्रेलियन डलर र पाउन्डको बढ्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/Untitled-design-4_yQvdp6E0yo_xyap53faxopoqwwop34l7vrc1f4z8fp1a7iugs0ofr6ymtixat9nephpefwv_1gUKvb8cab_sgffqhzmx1vxey6fx6uppam2i4qgl8bvmrypjg1ll5chpxri2psnlebhcvmb_bhLrBbGudV_crf0s25q0lnzqlkqbguankolc3jybyxqmohfggpmga3pkh5d3zdcdasqz8ia_usmGvUvUej_brkbousgrzmrmbvvu9qydizyhwm9iozpgoqpabsbe1o7duooa26jg8bojdbk.png)
आज अमेरिकी डलर, युरो, मुद्राको मूल्य घटेको अस्ट्रेलियन डलर र पाउन्डको बढ्यो
![मदिरा सेवनले वार्षिक २६ लाखको मृत्यु– डब्लुएचओ](https://snowberry.prixacdn.net/media/gallery_folder/beer-kills_cpMVYUqRPE_8hsswdnbdwzwr0naztqd3irwhvekzitqldka70gx71zc2qwnp67q0h3nhseo_aPS6ypn1Em_vt2zhbftvgmbemnssrlnhztsxaac66sutaxqrdyilas3wswnvnmemfmmtpxn.jpg)
मदिरा सेवनले वार्षिक २६ लाखको मृत्यु– डब्लुएचओ
![मधेश प्रदेशका पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिने](https://snowberry.prixacdn.net/media/gallery_folder/health%2520insurance1672117401_jN2rrzAeB7_czywtustcses1pk7utse4sfafzbrlbtrviryoscj1xklrxryu2laq9wkxc06_sCcWUul7dp_ilhvioeyyyg6d3zllz1fiqpafs1hocndpxyhofd04tgbeq6tajxtmer4mqla.jpg)
मधेश प्रदेशका पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिने
![मौसम विभागका अनुसार आज सातवटै प्रदेशमा वर्षाको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam-rain_piFuffYyui_nvk3jhtrukngs6pd5avwazr9rewnv3g6oq82lubzgs1cpsk4brfmitaytdip_eilADI7Mn1_cyjigu8bllrss6x5wtvkhi32nyahbu0bshx0ebs6ptho7nujfovvzjudarab.jpg)
मौसम विभागका अनुसार आज सातवटै प्रदेशमा वर्षाको सम्भावना
![सरकारले ल्यायो जनतालाई दुःख दिने कार्यक्रम](https://snowberry.prixacdn.net/media/gallery_folder/5f07d4f939497_national-ID-Card_MyIlbyoxHB_cqfxuyzakwrhkvaj7xvpuje1oq842zbx0qblslwez7abx1j0hzx9zozelbzx_lcWpw3hFHK_dmmgjbjzlc29s8rex8aypya9npjw9ylq5wrnc1srv5gftenjodxudwuab6bn.jpg)
सरकारले ल्यायो जनतालाई दुःख दिने कार्यक्रम
![जुलियन असान्ज: विकिलिक्सका संस्थापक दोषी ठहरिए पनि कसरी रिहा भए?](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-25_21-07-50-244_O7UPkIEKtd_zsutw1kcmpek4msy1lew12eelj2lkdv13u5xsgxulije2vkelbcvpmtm5iun_ppJBkiRIBy_phebgjv1lvnevnissmv5jwpzoz1xunzrhxyufmhbmp6s2aqb7e0zl8th7wuy.jpg)
जुलियन असान्ज: विकिलिक्सका संस्थापक दोषी ठहरिए पनि कसरी रिहा भए?
![नेताहरुको खुलेआम रुवाइले जनतासँग जोडिन्छ कि उनीहरु कमजोर देखिन्छन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-25_21-08-17-202_7ngWjX0lj6_gc0jizjqxfa7jcp5gcqgls4ojtsl2ifgsveyu4xzszp3sovmxeuhqv3l1ks3_xdWC1N76nR_htx8qqz9pixmtxhcjirmwevwmxxiicmhgvdqsxddz71uypx31kbgwc8ogoie.jpg)
प्रतिक्रिया