अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक (ट्रेलर)

सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक सार्वजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ । फिल्ममा अनमोललाई स्टाइलिस रूपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ रहेकी छन् ।

फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने तथा मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेका छन् ।

जेठ १० गते रिलिज हुने यो फिल्मसँगै बहुप्रतिक्षित मल्टिस्टार फिल्म ‘पूजार सार्की’ र पूजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ भिड्दै छन् ।

ट्रेलर हेर्नुहाेस् :