सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्यो

काठमाडौँ ।  बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ घटेर बिहीबार १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ रहेकोमा आज १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा झरेको छ ।

यता, चाँदी प्रतितोला १० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । बुधबार प्रतितोला १ हजार ७ सय १५ रुपैयाँ रहेको चाँदीलाई बिहीबार १ हजार ७ सय १५ रुपैयाँ पर्नेछ ।