बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि सम्बन्धित जिल्लामा मतपत्र पठाइयो

काठमाडौं । बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि सम्बन्धित जिल्लामा मतपत्र पठाइएको छ।

आज(बुधबार) बैखाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम-२ र बझाङ प्रदेश सभा-१ का लागि सम्बन्धित जिल्लामा मतपत्र पठाइएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापेको र इलाम-२ का लागि १ लाख २८ हजार मतपत्र र बझाङ प्रदेश सभा-१ का लागि ६८ हजार मतपत्र छपाएर पठाएको जनाएको छ।