हलहरुले शो कम दिएको भन्दै निर्माण टोलीले गरे चलचित्र ‘दिमाग खराब’ प्रदर्शन रोक्ने घोषणा
चलचित्र दिमाग खराब निर्माण टोलीले हलहरुले शो कम दिएको भन्दै चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ ।
चलचित्र निर्देशक निश्चल बस्नेतले भोलि (बिहीबार) सम्म पनि भारतीय चलचित्र बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन् ।
‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ’, बस्नेतले फेसबुक लाइभमा भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं ।’उनले भने।
नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको समेत उनले बताएका छन् ।
प्रतिक्रिया